Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानीको बहाव घट्यो

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव घट्दै जान थालेको छ ।

शनिवार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो ।

शनिवार अपराह्नबाट पानीको बहाव घट्दै जान थालेको र अहिले खतरामुक्त अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजे कोशी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ । कोशी ब्यारेज क्षेत्रभन्दा बराहक्षेत्रमा पानीको सतह अझै कम रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077