Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

छानबिन समितिले अर्थमन्त्री शर्मामाथि अपुरो अनुसन्धान गर्‍यो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै  एमाले सांसद प्रदीप ज्ञवालीले अनुसान्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो आएको बताएका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले सरकारले गरेको क्रियाकलापका कारण अर्थमन्त्रालयमा कर्मचारी जान नमानिरहेको दावी गरे ।

उनले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिले पूर्ण रुपले काम गर्न नपाएको आरोप लगाउँदै अपुरो प्रतिवेदन आएका कारण अर्थमन्त्रालयमा कर्मचारी नगएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077