Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमाले सांसद ज्ञवालीको माग

काठमाडौं । नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार संग माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका हुन् ।

दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको उनले आरोप लगाए ।

उनले भने, ‘मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन।'

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077