Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिभिजन वन अधिकृत बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध ६ लाख ३२ हजार ६७७ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा आर्थिक वर्ष २०७६/०७७ मा पदमार्ग निर्माण कार्यमा अनियमितता भएको भन्दै आइतवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

वन अधिकृत बुढथापासँगै सब–इन्जिनियर गोर सिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्लले कामै नभएको भए पनि ६ लाख ३२ हजार ६७७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्ध पनि त्यति नै रकम बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेश सरकारबाट विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण काममा अनियमितता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077