Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काम भन्दा बढी भुक्तानी दिएको आरोपमा अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारले फिल्डमा गरेको काम भन्दा बढी भुक्तानी दिएको भन्दै हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

ठेकेदारले फिल्डमा वास्तविक काम गरेको भन्दा २१ लाख ४७ हजार ४९२ रुपैयाँ बढी भुक्तनी दिएको भन्दै अख्तियारले आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/०७७मा उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणको काममा अनियमितता भएको अभियोगपत्रमा उल्लेख छ ।

वास्तविक काम भन्दा नापी किताबमा बढी काम गरेको देखाई झुट्टा बिल बनाई बदनियत साथ उक्त रकम भुक्तानी दिई सरकारलाई हानी नोक्सानी पुर्‍याई गैरकानूनी लाभ लिएको भन्दै मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077