Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनाले जित्यो जोन ग्याम्परको उपाधि

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै बार्सिलोनाले जोन गाम्परको उपाधि हात पारेको हो ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६-० को जित निकालेको हो ।

बार्सिलोनालाई जितउन पेड्रीले दुई गोल गरे। यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।

बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077