Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१६ लाख हिनामिना गरेकाे आराेपमा तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको

रकम हिनामिना गरेको आरोपमा रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर राय, इञ्जिनियर राम किशोर साह र सबइञ्जिनियर प्रेमचन्द्र झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिइएकोमा सडक नबनाइ रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

पाँचै जना विरुद्ध १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ माग दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077