Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रदेशको नामलाई लिएर मुख्यमन्त्रीले जनता भिडाउन खोजे : शेरधन राई

संखुवासभा । मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा नगर्दा प्रदेश १ को नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राईले बताएका छन्।

सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले अहिलेको सरकारको रवैयाका कारण प्रदेशको नामाकरण हुन नसकेको बताएका हुन्।

मुख्यमन्त्री आफैँले जनता भिडाउन खोजेको उनले बताए। प्रदेश सरकारले सहजीकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उनको भनाइ छ।

नामाकरणको लागि एमाले एकढिक्का भएकोसमेत राईले दाबी गरे। प्रदेशको नामाकरणका लागि नेपाली कांग्रेसले समेत खुट्टा कमाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077