Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसले एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट गरेन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा आफुहरूले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्।

मंगलवार संसद बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताएका हुन् ।

गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए।

उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने बताए। कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077