Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली कागजजात बनाई बहालमा रहेका सव-इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगा, खानेपानी तथा सरसफाई डिभिजन नं.२, मा कार्यरत सव(इन्जिनियर रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

यादवले सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा एन्ड सिभिल इन्जीनीयरको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगामा बहाल रही सुविधा लिएको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई ऐ.ऐ ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077