Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस दार्चुलाका पूर्वसभापति चन्द कांग्रेस बिपीमा प्रवेश

डडेल्धुरा । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन् ।

वुधबार कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए ।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077