Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढ्यो : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल सामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए ।

उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077