Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनाविरुद्धको युद्धमा विजय हासिल गरेको उत्तर कोरियाको घोषणा

एजेन्सी । उत्तर कोरियाले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गरेको छ । झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि उत्तर कोरियाली नेता किम जोङ उनले किमले बुधबार यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोग विरुद्धको युद्धमा विजय प्राप्त गरेको घोषणा गरेका हुन्।

उनले भाइरसमाथि आफूहरूले चमकदार विजय घोषणा गरेको भन्दै उत्तर कोरियालीहरूको अदम्य दृढता को प्रशंसा गरे।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। यो सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077