Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनतामाझ कम्युनिष्टको लोकप्रियता जोगाउन चुनौती थपिएको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीबाहेक अन्यबाट जनताले आशा नराखेको बताएका छन्।

बिहीबार एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टी जनता माझ लोकप्रियता जोगाउन चुनौती भइरहेको बताएका हुन्।

उनले भने, ‘कम्युनिष्ट पार्टीबाहेक अन्यबाट जनताले आश गरेका छैनन्, कम्युनिष्ट पार्टीको जनतामाझ जुन लोकप्रियता छ, लोकप्रियता जोगाउन चुनौती थपिदै गइरहेको छ।’

नेपालले अहिले पार्टीभित्र कुरै नसुन्ने प्रवृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उद्देश्यप्रति स्पष्ट हुनुपर्ने बताउँदै नेपालले सिद्धान्त र आदर्शप्रति समर्पित हुनुपर्ने धारणा राखे।

उनले पार्टीभित्र र नेपालको राजनीतिमा व्यक्तिवाद बढेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077