Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ह्वाइट हर्स रिक्रुटमेन्ट म्यानपावरमा विभागको छापा, ८७ थान पासपोर्ट जफत

काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मारेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले सो म्यानपावरमा छापा मारेको हो ।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि ८७ थाप पासपोर्ट जफत गरेको छ । उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएका थिए।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली त्यहाँ पुगेको थियो। म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो ।

विभागमा टोली पुग्दा नौ जनाभन्दा बढी युवाहरू भेटिएका थिए । उनीहरू भोलिको उडानमा मलेसिया जाने म्यानपावरका कर्मचारीहरूले बताए । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अनुसन्धान अधिकृत अर्यालले बताए ।

म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरे। यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077