Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुप्तचरमा थापा र जोशी अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दुई जनालाई बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुतराज थापा र ओम जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको पदमा बढुवा गरेको हो ।

थापा तेस्रो नम्बर वरियताका प्रतिष्पर्धी थिए । थापा हाल राअविको राजधानी प्रमुख थिए भने जोशी मधेश प्रदेशको कमाण्ड गरिरहेका थिए ।

हालका राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077