Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा वर्षा र बाढीका कारण २१ जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको जनाइएको छ ।

प्राकृतिक प्रकोपले सयौँ आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दशौँ बगैँचाहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077