Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ तलबमान लागू : प्रहरीमा कसको तलब कति ? [सूचीसहित]

काठमाडौं । सरकारले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो ।

बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको छ । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ ।

अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ । गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए ।

नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजीपी) को तलब समान ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ ।

हेर्नुहोस् कसको तलब कति ? 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077