Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गठबन्धन छाडे माओवादीसँग एकता हुन्छ : ज्ञवाली

रुकुम । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन छाडे माओवादी केन्द्रसँग एकता हुने बताएका छन् ।

पार्टी एकताले जनतामा खुसी छाएको भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारणले असफल भएको दाबी गरेका हुन्। परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उनले बताए।

त्यस कारण आउँदो मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई एमालेले सकारात्मक रूपमा लिएको बताए। उनले एजेण्डा मिल्ने दलसँग चुनावी गठबन्धनका लागि एमाले खुला रहेको बताए।

राष्ट्र निर्माणको हितमा रहेका दलहरूसँग चुनावमा गठबन्धन गर्न एमाले तयार रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077