Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्नु हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्न नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा विचाराधिन विषय बन्द कोठामा दलका नेताले प्रतिनिधि सभाको अधिकारलाई संकोचित गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका हुन्।

उनले नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा उठाएका विषयलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

उनले संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्नु नहुने बताए। ज्ञवालीले राष्ट्रपतिले उठाएका विषयलाई सदनमा छलफल हुनुपर्ने बताए ।

ज्ञवालीले टाउको गणना ठूलो नभएको बताउँदै विचारको पनि सम्बोधन समेत हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077