Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सोल्टी होटेलको आम्दानीमा उछाल, नाफा रु. ३० करोड १६ लाख

    सोल्टी होटेलको आम्दानीमा उछाल, नाफा रु. ३० करोड १६ लाख

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 693
    SHARES

    काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सोल्टी होटेलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    होटेलले सेवा प्रवाहबापतको आम्दानी २०२.१६ प्रतिशतले वृद्धि गरेर १ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको यहि अवधिमा होटेलको आम्दानी ४५ करोड ३९ लाख रुपैयाँ मात्र रहेको थियो। यता होटलको सञ्चालन नाफा १७ करोड २४ लाख रुपैयाँबाट बढाएर ३१ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ।



    यो असारमसान्तसम्ममा होटलको चुक्तापुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५८ करोड ९६ लाख रुपैयाँ थियो।



    समिक्षा अवधिमा होटलको खुद नाफा बढेसँगै पति सेयर आम्दानी पनि केहि बढेको छ। होटेलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा पुगेको छ। अघिल्लो वर्ष यहि अवधिमा होटलको प्रति सेयर आम्दानी २ रुपैयाँ ६७ पैसाले ऋणात्मक थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार