Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आइतबार ७ अंकले घट्यो नेप्से

    आइतबार ७ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ अंकले घटेको छ । परिसूचक एकल अंकले घटेर २०६०.५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ०.३७ प्रतिशतले घटेको हो ।

    यसक्रममा आज २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज ४ समुहमा सुधार आएको छ । बैंक, होटल र टुरिजम, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहमा सुधार आएको हो। यीमध्ये होटल समूह २९ अंकले बढेको छ भने उत्पादनमुलक समूह २२ अंकले बढेको छ ।



    यस्तै व्यापार समुह ४१ अंक घटेको छ । यस्तै जीवन बीमा समूह ३७ अंक, विकास बैंक समूह ३५ अंक र जलविद्युत समूह २८ अंकले घटेको छ । यस्तै, अन्य समूह २५ अंक घटेको छ । यसैगरी, आज वित्त, लघुवित्त, लगानी र म्युचुअल फन्ड समूह समेत घटेका छन् ।



    मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै आज अप्पर हेवाखोलाकोसेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढिले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार