Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानमाथि प्रहरीले सुरू गर्‍यो अनुसन्धान

एजेन्सी । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरू गरेको छ । प्रहरी र न्यायपालिकाविरूद्ध धम्की दिएको आरोपमा उनीमाथि छानबिन थालिएको हो ।

पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार शनिबार आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए।

अप्रिलमा सत्ताच्यूत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन्।

खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राहेका आफ्ना पार्टीका सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै निन्दा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077