Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

निलम्बनमा पुनर्विचार गर्न भारतीय फुटबल संघको फिफालाई अनुरोध

एजेन्सी । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई ले आफूमाथि लगाइएको निलम्बनमा पुनर्विचार गर्ने फिफालाई आग्रह गरेको छ।

एआईएफएफका कार्यवहाक महासचिव सुनन्दो धरले फिफालाई पत्र लेख्दै निलम्बनमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।

एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो । भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन बेहोर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077