Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिवि नेविसंघद्वारा उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक, कुर्सीमा जुत्ताको माला

काठमाडौं । गतवर्षकै प्रश्न हुबहु दोहोर्‍याएको बारे छानबिन गर्न गठित समितिले त्रिभुवन विश्वविद्यालयलाई बुझाएको प्रतिवेदन गुपचुप पारिएको भन्दै विद्यार्थीहरुले त्रिवि उपकुलपति बस्ने कुर्सीमा जुत्ताको माला लगाइदिएका छन्।

नेपाल विद्यार्थी संघले ‘नालायक भीसी राजीनामा दे, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर, उपकुलपतिलाई बर्खास्त गर, त्रिविको प्राज्ञिक गरिमा कायम गर, विश्वविद्यालय शान्ति क्षेत्र घोषणा गर’ लगायतका चर्का नारा लगाएका थिए।

प्रश्नपत्र दोहोरिएकोबारे छानबिन गर्न गठित समितिले दिएका प्रतिवेदन त्रिविले लुकाएको भन्दै त्यसलाई सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दा उपकुलपतिले सुरक्षाकर्मी लगाएर नेविसंघलाई दमन गर्न लगाएपछि आन्दोलन गर्न बाध्य भएको नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले जानकारी दिए।

त्रिविका बेथिति लगायतका विभिन्न विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा उल्टै विद्यार्थीहरुमाथि दमनकाे बाटाेबाट दबाउन खोजिएपछि त्यसको विरोधमा उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक लगाएको नेविसंघ उपाध्यक्ष डम्मरबहादुर साउँदले बताएका छन्।

विद्यार्थीका साझा माग नसुनेपछि र वार्ताबाट उपकुलपति भागेपछि हामीले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाएको भण्डारीले बताएका छन्। नेविसंघ निकट विद्यार्थीहरुले उपकुलपतिको कार्यकक्षमा बसेर धर्ना समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077