Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी

    आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 747
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

    पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताए।



    उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’



    उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् ।

    आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार