Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानलाई पक्राउ नगर्न पाकिस्तानी एटीसी अदालतको आदेश

एजेन्सी । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिकए इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न एउटा अदालतले प्रहरीलाई आदेश दिएको छ ।

इस्लामाबादस्थित प्रतिआतंकवाद अदालत (एटीसी)ले खानलाई सेप्टेम्बर १ सम्मका जमानत दिएको हो ।

खानविरुद्ध गत हप्ता राजधानीमा आयोजित एक र्‍यालीमा महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। न्यायाधीश राजा जवाद अब्बास हसनको इजलासले १ लाख धरौटीमा जमानत दिएको हो।

खानले शनिबार इस्लामाबादमा एक भाषणको क्रममा प्रहरी प्रमुख र एक महिला मजिस्ट्रेट विरुद्ध कारबाही गर्ने भनेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। समर्थकहरूले खान पक्राउ परेमा प्रधानमन्त्री शाहबाज शरीफले त्यसको परिणाम भोग्नुपर्ने भन्दै उनीहरूले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077