Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई केन्याले दियो १३१ रनको मध्यम लक्ष्य

काठमाडौं । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय ३१ रनको लक्ष्य पाएको छ ।

जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको हो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे।

नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे। अहिले नेपाल १४ ओभरमा चार विकेट गुमाएर ८५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077