Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरेलु टोली केन्यामाथि नेपालको सहज जित

काठमाडौं । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाए । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहे । बलिङतर्फ केन्याका लुकास ओलाउच र विराज पटेलले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो।

नेपालले दोस्रो खेल भोलि खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ। चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077