Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो टी–२० शृङ्खला : केन्यासँग खेल्दै नेपाल

काठमाडौ । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। यता, केन्या भने पहिलो जितको खोजीमा हुने छ।

दुई देशबीचको तेस्रो खेल पर्सि आइतवार, चौथो खेल भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077