Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेसको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा शोभा भगवतीमा शुक्रबार बिहान आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।

हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत साक्षी रहेको उनले बताए । उनले आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेकाले कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने मान्यतामा समेत रहेको बताए ।

यसअघिको केपी ओली सरकारले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने र आन्दोलन गर्नुपर्ने परिस्थिति बनेको उनले आरोप लगाए ।

अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए । अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन तर्फ लाग्नु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077