Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने पाँच पक्राउ

    नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने पाँच पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । ब्रान्डेड विेदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली, मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन्।

    काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ ।



    भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ । बरामद ती सामान सबै सिलप्याक अवस्थामा थिए ।



    यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ ।

    उक्त मदिरा नाइट क्लव, मदिराका डिलर, डान्सवारमा माग हुने र उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार