Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षले हस्तक्षेप नगर्न चिनियाँ सेनाको चेतावनी

एजेन्सी । चीन–भारत सीमा विवादमा तेस्रो पक्षलाई सहभागी नहुन चीनको जनमुक्ति सेनाले चेतावनी दिएको छ ।

अमेरिका र भारतले चीनको सीमा क्षेत्रनजिकै संयुक्त सैन्य अभ्यास गरेको केही समयपछि चिनियाँ सेनाले तेस्रो पक्षको हस्तक्षेपको विरोध गरेको हो ।

अगस्ट ८ मा अमेरिका र भारतका सैनिकहरुले हिमाचल प्रदेशमा संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए । यी दुई मुलुकले अक्टोबर १८ देखि ३१ सम्म उत्तराखण्डमा सैन्य अभ्यास गर्नेछन्। सो स्थान चीनको सीमाबाट १०० किलोमिटरभन्दा नजिक छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्णेल तान केफेइले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षको हस्तक्षेपको हामी दृढ विरोध गर्छौँ ।'

बेइजिङ र वासिङ्टनबीच ताइवानलाई लिएर तनाव बढिरहेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि यो महिनाको सुरुमा चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077