Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफाले दुई साता नपुग्दै हटायो भारतमाथिको प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । शुक्रबार फिफाले भारतीय फुटबल संघमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।

भारतको सर्वोच्च अदालतले फिफाको कमिटी अफ एड्मिनिस्ट्रेटरको म्यान्डेट खारेज गरेसँगै फिफाले भारतीय फुटबल संघमाथि प्रतिबन्ध लगाएको थियो।

फिफाले अगष्ट १५ मा आफ्नो निर्णयमा तेस्रो पक्षले अनुचित हस्तक्षेप गरेको भन्दै प्रतिबन्धको निर्णय गरेको थियो । भारतले गएको मङ्गलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो ।

सोही कारण भारतमा हुने भनिएको यू–१७ महिला विश्वकप अनिश्चित बनेको थियो । अब भने उक्त विश्वकप आयोजनाको बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077