Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफाले हटायो भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।

स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।

यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, ब्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वयन हुने गरी फुकुवा गर्ने निर्णय गरेको थियो ।

यसले गर्दा सन् २०२२ को अक्टोबर ११ देखि ३० सम्म हुने फिफा यू–१७ महिला विश्वकप २०२२ भारतमा आयोजना गर्न सकिने फिफाले जनाएको छ । एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077