Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षामन्त्रीलाई नेविसंघको कडा ध्यानाकर्षण, माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघले २९ बुँदे माग राखेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पौडेललाई विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

विद्यार्थीको हातहातमा पाठ्यपुस्तकको पहुँच नपूग्ने र जसोतसो उच्च शिक्षा हासिल गर्ने र गुणस्तरीय पठनपाठनको अभावमा विदेशीनु पर्ने बाध्यता मुल विद्यार्थीको समस्याको रुपमा देखिएको नेविसंघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तात्कालिक तथा संरचनागत समस्याहरुको सम्बोधन गर्न भन्दै नेविसंघले २९ वटा माग अघि सारेको छ ।

एस.ई.ई.परीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुका साथै नामावली सार्वजनिक गर्न पनिे माग गरिएको छ ।

साथै, अध्यक्ष शेर्पाद्धारा जारी पत्रमा माग यथाशक्य सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077