काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताएका हुन् ।
सत्ता निकट विद्यार्थी संगठनले नै विश्वविद्यालयमा ताला लगाएको र बैठक बस्ने अवस्था नभएपछि होटलमा जाँदा माइन्युट खोसिएको भन्दै उनले आपत्ति जनाए ।
आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो ।
उनले भने, ‘के अब उहाँहरुले त्यही अवतारमा आफ्नो विद्यार्थी संगठनलाई लैजान खोज्नु भएको हो ?’ विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए ।