Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

    ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 678
    SHARES

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ ।



    सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोप्रति धन्यवाद व्यक्त गरिन् ।



    नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवर्द्धन एक रहेको बताउँदै उनले उल्लेख्य मात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएकोप्रति खुसी व्यक्त गरिन् ।

    सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

    भेटमा मन्त्रालयका सहसचिवद्वय बाबुराम भण्डारी, चिरञ्जीवी चटौतसहित परराष्ट्रका अधिकारीको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार