Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडौं ।  सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक २.१९ अंकले वृद्धि भएर १९९५.२१ विन्दुमा अडिएको छ। नेप्से सामान्य बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।

आइतबार नेप्से परिसूचक ३३.६६ अंकले घट्दा २ अर्ब ५ करोड र सोमबार ३.७६ अंकले बढ्दा १ अर्ब २६ करोड बढीको कारोबार भएको थियो। सोमबार नेप्से सामान्य अंकले बढी पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको थियो।

आज २२६ कम्पनीका २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको सेयर कारोबार भयो। आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयरमा सकारात्मक सर्किट लाग्यो।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक बढ्यो भने ६ को घट्यो। अदर्स समूहको सूचक सर्वाधिक २.२९ प्रतिशतले बढ्यो। बैंकिङ, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स र हाइड्रोवापर समूहको सूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077