Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • ट्वीट गरेर देशलाई हानी पुर्‍याएको आरोपमा साउदीमा एक व्यक्तिलाई ४५ वर्षको जेल सजाय

    ट्वीट गरेर देशलाई हानी पुर्‍याएको आरोपमा साउदीमा एक व्यक्तिलाई ४५ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    रियाद । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्‍याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ ।

    साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।



    सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पुर्‍याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

    अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाइ कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार