Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गौरा पर्वमा सुदूरपश्चिम प्रदेशले दियो शुक्रबार सार्वजनिक विदा

    गौरा पर्वमा सुदूरपश्चिम प्रदेशले दियो शुक्रबार सार्वजनिक विदा

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    चौतर्फी विरोध भएपछि प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो ।



    आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ ।



    ‘प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९।०५।१६ गतेको बैठकबाट भोलि मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार