Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जलवायु संकटकाल घोषणाको गृहकार्य गर्दै सरकार

काठमाडौं । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

'जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,' मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।

संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बताए।

'म एक सातादेखि यो विषयमा छलफलमा छु। जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी पग्लनेदेखि अन्य विपद्हरू बढ्दो क्रममा छन् । हामी तत्काल सचेत भएनौं भने यसले झन् गम्भीर प्रभाव पार्नेछ,' उनले भने ।

यसप्रकारको घोषणा कहिले हुने भन्ने विषयमा तत्काल किटेर भन्न नसकिए पनि आवश्यक गृहकार्यपछि मिति तोकिने मन्त्री यादवको भनाइ थियो।

मन्त्रालयका सम्बद्ध अधिकारीहरूले यसका लागि यथेष्ट कारण, घोषणाले पार्ने प्रभाव र दायित्वसहितका महत्त्वपूर्ण विषयमा छलफल आवश्यक रहेको नागरिकलाई बताएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077