Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सातको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट

काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो ।

यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ ।

२ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ ।

आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताहरुले ६.१६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077