Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सातको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट

    सातको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 816
    SHARES

    फाइल फोटो

    काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ ।

    नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो ।



    यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ ।



    २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ ।

    आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् ।

    सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताहरुले ६.१६ प्रतिशतले गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार