Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसीपको तयारी पूरा

काठमाडौं । भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगाशालामा आयोजना हुने साफ महिला च्याम्पियनसिपको तयारि पूरा भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच प्रतियोगिता आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी भएको जानकारी दिएको हो ।

यसअघि प्रतियोगिता संचालनका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) का वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा गठन भएको १९ सदसीय मुल आयोजक समिती र उपसमितिहरु गठन गरिएको थियो ।

आयोजक नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशको सहभागिता रहने प्रतियोगिताका सबै खेलहरु दशरथ रंगाशालामा आयोजना हुनेछन् ।

सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । आयोजन नेपाल, भुटान र श्रीलंका समूह‘ए’ मा रहेका छन् भने, समूह‘बी’मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077