Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार हो : माधव नेपाल

    २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार हो : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 945
    SHARES

    मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् ।

    मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।



    उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । नेपालले भने, ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ।’



    नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनले बताए ।

    उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार