Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

    दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् ।

    आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।



    नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पण भाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरणबारे आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’



    गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको उनले बताए ।

    उनले दूरगामी चिन्तन राख्ने काम सर्वहारा वर्गको भएको भन्दै त्यसको अगुवा कम्युनिस्ट पार्टीका नेताहरू हुनुपर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार