Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध मुद्दामा फरार महिला आठ वर्षपछि पक्राउ

जाजरकोट । लागूऔषध मुद्दामा आठ वर्षदेखि फरार रहेकी एक महिलालाई प्रहरीले जाजरकोटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापा रहेकी छन् ।

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो । तर उनी फरार हुँदै आएकी थिइन् ।

पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077