Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी केन्द्रका महासचिव गुरूङ लमजुङबाट सिफारिस

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पुनः प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन् ।

जिल्ला समन्वय समिति माओवादी केन्द्र लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उनी २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसपटक पनि उनी गठबन्धनबाटै अघिल्लो चुनाव एमालेसँगको गठबन्धनमा लडेका गुरुङले यसपटक कांग्रेससँग मिलेर लड्दैछन्। उनी सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा भएकाले गठबन्धनबाट उनले नै टिकट पाउने लगभग निश्चित छ ।

यस्तै माओवादी केन्द्रले गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077