Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमै रोकिए पाँच सय मालवाहक कन्टेनर

काठमाडौं । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् ।

चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।

संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् ।

'चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,' कार्कीले भने, 'टकमा दसैँलक्षित सामान छन् ।'  सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेखि नाका बन्द गरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077